बागलुङमा नक्कली चिकित्सक पक्राउ
बाग्लुङ | असार २२, २०७९
बागलुङ: यातायात व्यवस्था कार्यालय बागलुङ नजिकै मेडिकलनै सञ्चालन गरेर अबैध रुपमा निरोगीताको प्रमाणपत्र वितरण गरिरहेका नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–२ स्थित यातायात व्यवस्था कार्यालयको छेवैमा शंकर पोलिक्लिनिक सञ्चालन गरेर अबैध निरोगीताको प्रमाणपत्र वितरण गर्ने उनीहरु आज दिउँसो पक्राउ परेका हुन् ।
धादिङ जिल्लाको धादिङबेशी नगरपालिका–५ का २७ बर्षिय राम अर्याल र नवलपुर जिल्लाको कावासोती नगरपालिका–९ बस्ने २१ बर्षिय गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । अवैध व्यक्तिले सेवाग्राहिको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरिरहेको भन्ने विशेष सुराकीको आधारमा पोलिक्लिनिकमा पुगेको प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो ।
उनीहरुले सम्बन्धित चिकित्सकको अनुपस्थिती मै स्वास्थ्य परीक्षण सम्बन्धि जानकारी नभएको व्यवस्थापन संकाय अध्ययनरत व्यक्तिबाट शारीरिक चेकजाँच गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको पाईएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । पोलिक्लिनिक बाट कुनै विवरण नभरिएको तर चिकित्सकको छाप दस्तखत भएको प्रमाणपत्र लगायत छाप, रसिद, स्ट्याम्प प्याडसमेत फेला पारेको उनले बताए । बागलुङ जिल्ला अदालत बागलुङबाट पहिलो पटक दिन ५ (पाँच) को म्याद थपगरी अनुसन्धान भैरहेको रानाले बताए ।
मुस्ताङ: हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। त्रिविबाट यस नर्ष स्ना...
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

